१ श्रावण २०८३, शुक्रबार

अपहरण भएको झुठो अफवाह फैलाउने एक महिला प्रक्राउ

एसीपी संवाददाता

२९ भाद्र २०७७, सोमबार ०७:०५ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय बाँकेले आफु अपहरण भएको झुठो अफवाह फैलाउने एक महिला प्रक्राउ गरेको छ ।
साधारण लेखपढ मात्र गरकी बर्दिया ठाकुरबाबा नगरपालिका–४ की ३३ वर्षिया आशिककुमारी चौधरीलाई नेपालगन्जको फुल्टेक्राबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक ओमबहादुर रानाले जानकारी दिए ।

‘प्रहरीसंगको फोनमा महिलाले अपहरणकारीले आफुलाई लमही र भालुवाङको विचमा राखेको बताएपछि जिल्ला प्रहरी कार्यालयले फोनको लोकेसन जाँच गर्दा नेपालगञ्जनै देखाईरहेको थियो । तर, ति महिलाले यहिं बसेर फोन गरिरहेकी रहिछन्’ उनले भने ।

उनले सानु दहितको नामबाट अर्कै केटीको फोटो राखी फेसबुक आईडी खोलेर नवलपरासी जिल्ला बस्ने एक जनालाई सो आईडीबाट फेसबुकमा साथी बनाई फोन सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुलेको रानाले जानकारी दिए ।

भेट्ने कुरा गर्दा र भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गर्दै आएकी चौधरीले भदौ २५ गते ती पुरुषलाई आफ्नो घर पोखरा पनि भएको भन्दै नेपालगंजबाट आफ्नै गाडीमा हिडेको बताइकी थिइन् । तर चन्द्रौटा पुग्दा आफुलाई अपरिचित व्यक्तिहरुले आफुसंग भएको सुन, मोवाईल, गाडीको चाबी लगी मलाई कोठामा राखेको भनि प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

ति महिलाले प्रेम सम्बन्ध गाँसेको सो केटा संग भट्ने सम्म कुरा पुगेपछि यता उनले यस्तो नाटक गरको अनुसन्धानबाट खुलेको उनले बताए ।अपहरणको नाटक गर्ने महिला बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका मैनवारकी भएको र २ सन्तानसहित श्रीमानसंग नेपालगन्जमा बस्दै आईरहेको प्रहरी उपरिक्षक रानाले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x