१२ मंसिर २०८३, शुक्रबार
अमेरिकी देश होन्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोडे
अमेरिका, । अमेरिकी देश होन्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेको छ ।
होन्डुरसको विदेश मन्त्रालयले टवीट गर्दै ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो ।
होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएका छन् ।
होन्डुरसको यो निर्णयपछि ताइवान सँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या अब १३ वटा मात्र रहेको बीबीसीले जनाए । ती देशहरुले ताइवानलाई अलग देशको रुपमा मान्यता दिँदै आएका हुन् ।
ताइवानमा आफ्नै संविधान र अलग सरकार छ । होन्डुरसले कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि ताइवानले खेद व्यक्त गरेको छ ।
Subscribe
Login
0 Comments


