१ श्रावण २०८३, शुक्रबार
बिहिबार १० जना कोरोना संक्रमित थपिए

बाँकेमा आज बिहिबार १० जना कोरोना संक्रमित थपिएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याबमा गरिएको परिक्षणमा ९ जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहिबार थपिएका सबै नेपालगन्जका हुन् ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ४६ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । बिहिबार ४४ संक्रमित निको भई डिष्चार्ज भएका छन् । हालसम्म १ हजार १ सय ३२ जना निको भएका छन् । ८ जनाको भने मृत्युु भइसकेको छ । कोहलपुरमा गरिएको परिक्षणमा बर्दिया र रुकुमका १/१ जनामा पनि कोरोना देखिएको छ ।
Subscribe
Login
0 Comments



