१२ मंसिर २०८३, शुक्रबार
रुस र युक्रेनबीचको युद्ध सम्बन्धित कागजात इन्टरनेटमा लिक
रुस र युक्रेनबीच विगत १४ महिनादेखि चलिरहेको युद्धसँग सम्बन्धित केही गोप्य अमेरिकी कागजात इन्टरनेटमा लिक भएको छ ।
कागजातहरूमा युद्धसँग सम्बन्धित फोटो, नक्सा र चार्टहरू समावेश भएको हो ।
यी कागजातहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी कागजातहरू मध्ये केही ६ हप्ता पुराना पनि छन् ।
यसमा युक्रेनलाई दिइएको हतियार र तालिम आदिको विस्तृत जानकारी समावेश छ । साथै, ब्रिगेडहरू कहिले तयार हुने छन् भन्ने कुरा पनि समावेश छ ।
यी ब्रिगेडहरूमा समावेश भएका ट्याङ्क, बख्तरबंद गाडी र गोला बारुद युक्रेनलाई पश्चिमी सहयोगीहरूले उपलब्ध गराउँदै आएका छन् ।
यससँगै दुवैतर्फको जनधनको क्षतिको जानकारी पनि यी कागजातमा समावेश गरिएको छ ।
Subscribe
Login
0 Comments


