१२ मंसिर २०८३, शुक्रबार

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने एमाले नेता पक्राउ

एसीपी संवाददाता

१ बैशाख २०८०, शुक्रबार १२:१७ मा प्रकाशित

काठमाडौं – नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने एमाले नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ घर भएका सन्देश शर्मा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसअघि ललितपुर महानगरपालिका–२३ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४, सीतापाखा बस्दै आएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भइ ललितपुरको धापाखेल बस्दै आएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भई ललितपुरको धापाखेल नै बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ पक्राउ परेका थिए ।

तर शर्मा भने फरार थिए। शर्मा एमाले निकट विद्यार्थी नेतासमेत हुन्। एक वर्षअघि उनी पक्राउ परेलगत्तै छुटेका थिए। शर्माकै योजनामा दाङका मात्रै ८१ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन लागेको खुलेको छ।

उजुरी दिएकामध्ये ८१ जना दाङका रहेको पाइएको छ। शर्माले रकम उठाउने र शक्तिकेन्द्रसम्म पुर्‍याउने गरेको खुलेको छ। उनको एमाले नेता टोपबहादुर रायमाझी र रामबहादुर थापा बादलसँग राम्रो सम्बन्ध रहेको बुझिएको छ । सोही कारण यो काण्डमा बादल र रायमाझीमाथि पनि अनुसन्धान हुने भएको छ ।

sandesh_sharma.png

मिडिया डबली

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x