१ श्रावण २०८३, शुक्रबार

बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

एसीपी संवाददाता

२ आश्विन २०७७, शुक्रबार ०४:०२ मा प्रकाशित

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ बर्षीय संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या भएपछि ती पुरुष गएको २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको ३० गते कोरोना परीक्षणकालागि स्वाब लिइएको थियो । ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई त्यसैदिन राती पौने १२ बजे भेरी अस्पतालमा रहेको कोभिड विशेष आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा विहीबार सवा पाँचबजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको दुवैतिरको फोक्सोमा निमोनिया भएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x