१ श्रावण २०८३, शुक्रबार

लियो क्लब अफ वीरगन्जद्वारा खाद्यान्न वितरण

एसीपी संवाददाता

२ आश्विन २०७७, शुक्रबार १६:२७ मा प्रकाशित

वीरगन्ज,२ असोज कोरोना महामारीबाट प्रभावित परिवारलाई लियो क्लब अफ वीरगन्जले शुक्रबार खाद्यान्न वितरण गरेको छ । वीरगन्ज महानगरपालिका १२ मुर्लीका दुई परिवारलाई खाद्यान्न वितरण गरेको हो । ईन्टरनेश्नल मेगा टुनिङग प्रोजेक्ट, फोकस वन हङगर रिलिफ कार्यक्रम अन्तर्गत खाद्यान्न वितरण कार्यक्रम गरीएको हो । अनेरास्ववियू पर्साका सह संयोजक मित्रदेव यादवको आर्थिक सहयोगमा प्रभावित परिवारको घरमै पुगेर क्लबले २ हजार रुपैया बराबरको खाद्यान्न वितरण गरेको हो । राहत वितरण कार्यक्रममा अनेरास्ववियू पर्साका सह संयोजक मित्रदेव यादव , लियो क्लब अफ वीरगन्जका अध्यक्ष मेराजुल हवारी , सचीव दिब्या गीरी , कोषाध्यक्ष जेयाद अन्सारी , वरिष्ठ सल्लाहकार तिवारी यादव लगायतको उपस्थिति रहेकोे थियो । वीरगन्जका लियो क्लबहरु सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x