१ श्रावण २०८३, शुक्रबार

आधार कार्ड देखाउँदै नेपालीहरु रोजागारका लागि धमाधम भारततिर

एसीपी संवाददाता

३ आश्विन २०७७, शनिबार ०९:२६ मा प्रकाशित

अधारकार्ड नभएकाहरु वारि नै थन्किने अनि घर फिर्ता

कोरोना कहरले गर्दा नाकामा नेपाली नागरिकता भएकालाई नेपाल आउन र भारतीय आधार कार्ड भएकालाई भारत जान दिन थालेपछि ५ नम्बर प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस भारतीय आधार कार्ड देखाउँदै नेपालगन्जको जमुनाह नाकाबाट भारततिर जाने क्रम बढेको छ ।

नेपालगञ्ज नाकाबाट यतिबेला दैनिक दुई सयको हाराहारीमा नेपालीहरु भारत प्रवेश गरिरहेका छन् । कोरोनाको त्रास सुरु भएसँगै घर फर्किएका उनीहरु भारत गइरहेका हुन् । नाकामा भारत जाने नेपालीको घुँइचो देख्न सकिन्छ ।

आफ्नै उत्पादनले वर्षभरि खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने नौलो कुरा होइन, उनीहरु जाने–आउने गरिरहेको देखिन्छ । आधार कार्ड नै देखाएर जानु पर्ने बाध्यता सिर्जना भएपछि पहाडी जिल्लाका नेपालीहरुसँग पनि भारतीय आधार कार्ड रहेको तथ्य बाहिर आएको हो ।

भारतीय अधार कार्ड नभएकाहरुलाई जान् रोक गरेको प्रहरी बताए । अहिले भारत तर्फ बिभिन्न जिल्लाका नेपालीहरुको काम कारोबार ब्यवसाय समेत गर्दै आएका छन् । जो सँग अधार कार्ड छ उ पारी हुन्छ भने अधारकार्ड नभएकाहरु वारि नै थन्किने अनि घर फिर्ता गर्ने गरेको छौ । प्रहरीले कानुन अनसार नै हामी काम गर्नु पर्छ हामी आफै केहि गर्न नसक्ने बताएका बताउदै हामी बिना अधार कसै जाने दिदैनौं प्रहरीको भनाई छ ।

भारत उत्तराखण्डका विभिन्न ठाउँमा मजदुरी गर्ने नेपालीहरु कोरोनाको त्रास कम हुँदै गर्दा रोजगारीमा फर्किन थालेका छन् । नेपाली कामदार घर बस्दा कामदारको चरम अभाव भएपछि उत्तराखण्डका विभिन्न जिल्लाका भारतीय मालिकहरु रुपैडिहासम्म नै नेपालीहरुलाई लिन आएको पाइएको छ ।

कतिपयले नेपालीलाई लिन पास बनाएर आएका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले पहाडी जिल्लाका धेरै नेपालीहरु आधार कार्ड देखाउँदै भारत जाने गरेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x