डा.गोविन्द्र केसीको माग पुरा गराउन काठमाडौंमा प्रदर्शन

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका डा. गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
डा केसीले जायज माग राखेर सत्याग्रह गर्दा पनि सरकारको ध्यान नपुगेको भन्दै केसीका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको थियो ।
डा. केसी नोवेल कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग अघि सार्नुभएको छ ।
भौतिक दुरी कायम गर्न भन्दै एक ठाउँमा ५ जना मात्र जम्मा भएर प्रदर्शन गरेको उनका समर्थकहरुले जनाएका छन् । डा केसीसंग सरकारले यसअघि गरेको सहमति पनि कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई छ ।
गोविन्द केसी समर्थक यसअघि नेपाल चिकित्सक संघले पनि सत्याग्रहमा बसेका चिकित्सा शिक्षा तथा स्वास्थ्यका अभियन्ता डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको थियो ।



