१२ मंसिर २०८३, शुक्रबार

क्राइमियाको इन्धन भण्डारमा ड्रोन आक्रमण

एसीपी संवाददाता

१८ बैशाख २०८०, सोमबार ०७:५३ मा प्रकाशित

किभ —  युक्रेनले क्राइमियाको इन्धन भन्डारमा ड्रोन आक्रमण गर्दा त्यस क्षेत्रमा ठूलो आगलागी भएको रुसका अधिकारीले बताएका छन् ।

रुस नियन्त्रित क्राइमियाको उक्त क्षेत्रमा युक्रेनले दुइटा ड्रोन आक्रमण गरेको हो । शुक्रबार रुसले युक्रेनका मुख्य सहरहरूमा हवाई आक्रमण गर्दा २५ जनाको मृत्यु भएको थियो ।

त्यसको प्रत्युत्तरमा युक्रेनले क्राइमियाको मुख्य सहर सेभास्तोपोल क्षेत्रको इन्धन भण्डारमा आक्रमण गरेको हो । दुइटा ड्रोनको आक्रमणबाट तीनवटा तेल ट्यांक नष्ट भएको र अर्को ड्रोनलाई आकाशमै निस्तेज पारिएको रुसका अधिकारीहरूले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x