१ श्रावण २०८३, शुक्रबार
गोविन्द केसीको जिवन रक्षा गर, लुटतन्त्र बन्द गर,झरीमा पनि प्रदर्शन

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका डा. गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने र प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको बिरोधमा मंगलबार काठमाडौंको
माइतिघरमा प्रदर्शन गरिएको छ ।
‘सोलिडारिटी फर डा. केसी एलायन्स’ ले मंगलबार गोविन्द केसीको तस्वीरले मुख ढाक्दै माइतिघरमा बिरोध प्रदर्शन गरेको हो । गोविन्द केसीको माग पुरा गर, गोविन्द केसीको जिवन रक्षा गर, लुटतन्त्र बन्द गर जस्ता प्लेकार्ड बोकेर झरीमा पनि प्रदर्शन गरिएको थियो ।
डा.गोविन्द केसीलाई प्रहरीले जबरजस्ती घिसार्दै ट्रमा सेन्टर पुर्याए
डा. केसीले अघि सार्नुभएका कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग पुरा गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

उठ् गोविन्दे उठ्
Subscribe
Login
0 Comments



