१ श्रावण २०८३, शुक्रबार

रेडियो मुस्कान तेस्रो वर्षमा प्रवेश

एसीपी संवाददाता

८ आश्विन २०७७, बिहीबार ०३:०६ मा प्रकाशित

सत्येन्द्र यादव-सिरहा / सदरमुकामबाट प्रसारित रेडियो मुस्कान ९६ थोप्लो ५ मेगाहर्ज सफलता पूर्वक तेस्रो वर्षमा प्रवेश गरेको छ । झा ब्रदर्श मिडिया हाउस प्रालिद्वारा सञ्चालित रेडियो मुस्कान आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको हो । रेडियो मुस्कानले कोरोना कहरका कारण फरक तरिकाले यसवर्षको वार्षिकोत्सब मनाएको छ । कोरोनाका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै ठूला भीडभाड हुने कार्यक्रम नगरी विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरुको सिमित सहभागितामा वार्षिकोत्सब मनाइएको हो । वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिका रुपमा सरिक भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज

कणेलले सञ्चार राज्यको चौथो अंङ्ग भएकाले संचार क्षेत्रले समाजमा खेलेको भुमिका अतुलनिय रहेको बताए । उनले रेडियोबाट प्रसारण हुने शैक्षिक, कला, साहित्यक, सांकृतिक, ज्ञानबद्र्धक कुराहरुले समाजमा सचेतना फैलाएको बताए । प्रजिअ कणेलले रेडियो मुस्कानले यस क्षेत्रमा पुर्याइरहेको योगदानको कदरसमेत गरे । यस्तै, पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले संचारकर्मीले सूचनाको हक प्रयोग गरेर प्राप्त गरेको सूचना समाचारको रुपमा प्रसारण प्रकाशन गरे समाचार सत्यतथ्यमा आधारित हुने धारणा राखे । उनले जनतालाई सत्य, तथ्य र प्रगतिको पथमा अगाडी बढ्न मद्घत पुग्ने सूचना प्रवाह गर्नु नै सञ्चार क्षेत्रको मुल भूमिका रहेको बताए । झा ब्रदर्श मिडिया हाउस प्रालिका अध्यक्ष सितल झाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने व्यक्तित्वहरु प्रदेश टाइम्स दैनिकको प्रकाशक तथा सम्पादक रामपुकार यादव लगायत रेडियो मुस्कानका सहयोगी व्यक्तित्वलाई कदरपत्रले सम्मानसमेत गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x