१२ मंसिर २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पपुवा न्युगिनीमा अभूतपूर्व स्वागत, समकक्षीले एयरपोर्ट खुट्टा ढोगेर गरे सम्मान

एसीपी संवाददाता

९ जेष्ठ २०८०, मंगलवार ०९:५६ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पपुवा न्यूगिनी राष्ट्रमा भव्य स्वागत गरिएको छ ।

पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले विमानस्थलमै पुगेर मोदीलाई रिसिभमात्रै गरेनन्, मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री मोदी पपुवा न्यूगिनीमा आयोजित ‘फोरम फर इन्डिया–प्यासिफिक आइल्याण्ड्स कोअपरेसन’को तेस्रो शिखर सम्मेलनमा सहभागी हुन गएका हुन् । पपुवा न्यूगिनी पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री पनि हुन् । र यस्तो सम्मान पाउने पहिलो प्रधानमन्त्री पनि मोदी नै हुन् ।

जापानमा भएको जी–७ देशको शिखर सम्मेलनमा सहभागी भएर पपुवा न्यूगिनी आइपुगेका मोदीले समकक्षी जेम्स मारापे र गभर्नर जनरल बब डाडेसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x