१ श्रावण २०८३, शुक्रबार

कैदीबन्दीहरु पुरानै जीर्ण भवनमा बस्न वाध्य

एसीपी संवाददाता

८ आश्विन २०७७, बिहीबार ११:३३ मा प्रकाशित

कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित कारागारको नयाँ भवन बनेर संचालनमा आएपनि कैदीबन्दीहरु पुरानै जीर्ण भवनमा बस्न वाध्य भएका छन् ।

https://www.youtube.com/watch?v=Q2gPW-rN264


नयाँ भवनको क्षमता भन्दा कैदीबन्दी अत्याधिक धेरै भएपछि पुरानै जीर्ण भवनमा खचाखच हुने गरी राखिएको हो । पुरानै जीर्ण भवनको ब्लक नं १ पुरै जिर्ण अवस्थामा रहेको छ । ठूलो हावाहुरी र पानी पर्दा भत्किने सम्भावना पनि देखिएको छ । तर त्यही भवनमा कैदीबन्दी र सुरक्षाकर्मी डराएरै बस्नु पर्ने बाध्यता रहेको छ । भौतिक संरचना धेरै पुरानो र उचित मर्मत सम्भारको अभावमा अहिले भवन जीर्ण भएको हो ।

विसं १९९५ सालमा बनेको ८२ बर्ष पूरानो ब्लक नं १ को बन्दी गृह भवन मर्मत नहुँदा जीर्ण बन्दै गएको कारागार जेलर राकेश पाण्डेले बताउनुभयो ।

कारागारको बाहिरी सुरक्षा पर्खालको पनि अवस्था उस्तै छ । भूकम्पले सुरक्षा पर्खाल र ब्लक न १ बन्दी गृह भवनमा क्षति पुगेको थियो । हालसम्म आर्थिक अभावले कारागार प्रशासनले भवन मर्मत गर्न सकेको छैन । देशभरका अधिकांश कारागारमा भौतिक संरचनाको अभाव र जिर्ण अवस्थामा रहेकाले सरकारले पर्याप्त मात्रामा बजेट बिनियोजन गर्न सकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x