१ श्रावण २०८३, शुक्रबार

कोरोना संक्रमण देखिएको समयमा सुदूरपश्चिम

एसीपी संवाददाता

९ आश्विन २०७७, शुक्रबार ०५:०३ मा प्रकाशित

गत माघ १० गते नेपालमा कोरोना भाइरस (कोभिड–१९) को पहिलो केस भेटिएको थियो। चैतदेखि संक्रमण तीव्र हुन थालेपछि सरकारले सम्भावित संक्रमण रोकथामका लागि ‘लकडाउन’ जारी गर्‍यो।

नेपालमा कोरोना संक्रमण देखिएको समयमा सुदूरपश्चिममा यसको परीक्षणका लागि एउटा पनि प्रयोगशाला थिएन। प्रयोगशालाको अभावमा स्वाब अन्यत्रका प्रयोगशाला पठाउनु पर्ने बाध्यता थियो। अहिले भने यो बाध्यता हटेको छ।

कोरोना परीक्षणका लागि सुदूरपश्चिमका विभिन्न ठाउँमा प्रयोगशाला स्थापना गरिएका छन्। जसले गर्दा कोरोना परीक्षणको दायरा पनि फराकिलो भएको छ। प्रदेशमा प्रयोगशाला थपेर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x