१२ मंसिर २०८३, शुक्रबार

खाडी जलमार्गको सुरक्षामा खटेको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट युएई बाहिरीयो

एसीपी संवाददाता

१७ जेष्ठ २०८०, बुधबार २३:३० मा प्रकाशित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण  रहेको तनावपूर्ण खाडी जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट पछि हटेको छ । युएईले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सबै साझेदारहरूसँग प्रभावकारी सुरक्षा सहयोगको हाम्रो जारी मूल्याङ्कनको परिणामस्वरूप युएईले संयुक्त समुद्री बलमा आफ्नो सहभागिता फिर्ता लिएको थियो,’ युएईको राज्य सञ्चालित समाचार संस्था डब्ल्यूएएमद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ । सुरुमा १२ राष्ट्रहरूबीचको साझेदारीको रूपमा स्थापना गरिएको बहराइनमा मुख्यालय रहेको सीएमएफको स्थापना सन् २००१ मा भएको थियो । यो महत्वपूर्ण  तर समस्याग्रस्त खाडीको पानीमा सक्रिय छ जहाँ हालैका महिनाहरूमा ट्याङ्करहरू जफत गरिएको छ र आक्रमण गरिएको छ । सीएमएफका एक प्रवक्ताले युएईको सहभागिता रोकेपनि साझेदार राष्ट्रका रुपमा रहेको बताएका छन् ।

‘सीएमएफमा अझै पनि ३८ साझेदार राष्ट्र छन्, जसमध्ये युएई एक हो,’ कमान्डर टिमोथी हकिन्सले एएफपीसँग भने । इरानले अप्रिलको अन्त्य र मे महिनाको सुरुमा एक हप्तामा दुबई र फुजैराह बन्दरगाहबीच यात्रा गरिरहेका दुई वटा ट्याङ्कर र एउटा खाली जहाज पनि रहेका थिए । इरानमाथि सन् २०२२ को नोभेम्बरमा इजरायलको स्वामित्वमा रहेको ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप लागेको थियो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x