बन्दीको मृत्यु प्रकरणमा शव व्यवस्थापनमाा कमजोरी

सांसदहरुले वीर अस्पतालमा बन्दीको मृत्यु प्रकरणमा शव व्यवस्थापनमाा कमजोरी भएको आरोप लगाएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा उनीहरुले शवगृह व्यवस्थापनलाई प्राथमिकतामा राख्न अस्पताल प्रशासनलाई आग्रह समेत गरेका छन् । उनीहरुरुले यस्ता घटनाले जनतामा नकारात्मक सन्देश गएको समेत बताए । सांसदहरुले शवगृह व्यवस्थापनमा उचित ध्यान दिन आग्रह पनि गरेका छन् । सांसद खगराज अधिकारीले शवगृह व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । त्यस्तै सांसद अञ्जना बिशंखेले अहिलको अवस्थामा अस्पताल सवै क्षेत्रमा तयार अवस्थामा रहनुपर्ने बताउनुभयो । सकारात्मक भन्दा नकारात्मक बिषय चाहै फैलिने भन्दै स्वास्थ्य क्षेत्रको गल्ती स्वीकार्य नहुने उहाको भनाई छ ।
छलफलमा वीर अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा डीएन साहले कोरोना अघि शवलाई केहि दिन राख्नुपर्ने भए शिक्षण अस्पतालमा पठाइने गरेपनि कोरोनापछि भने शव व्यवस्थापनमा समस्या आएको बताउनुभयो । उहाले वीर अस्पतालमा बन्दी ल्याउदा नै मृत्यु भइसकेको जानकारी दिनुभयो ।
यसैबीच समिति अन्तर्गतको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले अध्ययन प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा कोभिड बाहेकका अन्य रोगका बिरामीहरुले सहज उपचार सेवा पाउन नसकेको, लकडाउन खोलेपछि संक्रमित बढेको तथा कोरोना न्युनिकरणका लागि तयारी नपुगेको लगाएतका बिषय उल्लेख गरिएको उपसमिति संयोजक जिवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
उपसमितिले बिभिन्न कोरोना उपचार गर्ने अस्पताल, आइशोलेशन सेन्टर, प्रयोगशाला तथा कारागारहरुको स्थलगत अनुगमन गरि प्रतिवेदन तयार गरेको थियो ।



