१२ मंसिर २०८३, शुक्रबार

रुसको कब्जामा रहेका तीन गाउँ फिर्ता लिएको युक्रेनको दाबी

एसीपी संवाददाता

२९ जेष्ठ २०८०, सोमबार १०:३४ मा प्रकाशित

युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले आफ्नो बहुप्रतिक्षित प्रतिआक्रमण कारवाहीको पहिलो दिनमा देशको दक्षिण पूर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको पुष्टि गरेका छन् ।

शनिबार राष्ट्रपति जेलेन्स्कीले प्रतिआक्रमण सुरु भएको बताएका थिए ।

युक्रेनले कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सव मनाइरहेको भन्दै केही सामाजिक सञ्जालमार्फत तस्वीर तथा भिडियो सार्वजनिक गरेको छ ।

तर रुसले भने आफ्नो नियन्त्रणमा रहेको एक इन्च जमिन पनि युक्रेनले फिर्ता लान नसकेको बताएको छ ।

रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x