१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानी अदालतमा गोली चल्दा दुई जना घाइते

एसीपी संवाददाता

४ असार २०८०, सोमबार २०:४० मा प्रकाशित

इस्लामावाद- पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् ।

मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहका सदस्यले गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ । त्यस्तै, घाइतेहरूलाई अस्पताल पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ ।

पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x