१ श्रावण २०८३, शुक्रबार
बाँकेमा कोरोना संक्रमिण निको हुने र थपिने क्रम जारी

बाँकेमा सोमबार २९ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । सोमवार भेरी अस्पतालका दुईजना ल्याब टेक्निशियनसहित २९ जना डिस्चार्ज भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको र हाल बाँकेका आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ८ गरी ३ सय ५३ जना सक्रिय संक्रमित उपचाररत रहेको श्रेष्ठले जानकारी दिएका छन् । बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
Subscribe
Login
0 Comments



