१२ मंसिर २०८३, शुक्रबार

बिमान स्थलमा पहिलो पटक एक प्रायोजित चिनीया बिमान

जय प्रकाश आनान्द

१४ असार २०८०, बिहीबार २३:०० मा प्रकाशित<

पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग बि.स. २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको हो। यस बिमान स्थलमा आज पहिलो पटक एक प्रायोजित चिनीया बिमान अवतरण भएको हो। यस अवतरणले यो बिमान स्थल प्राविधिक दृष्टिकोणले ठिक रहेको देखाउने छ। डिजायन तथा निर्माणकर्ताको योग्यतामा खासै प्रश्न पनि छैन।

प्रश्न छ, के व्यवसायिक रूपमा यो बिमान स्थल सफल होला त? यसको माँग र निर्माण पूर्ण कुनै संभाव्य व्यवसायिक योजना बनेको देखिन्न्। आज पर्यन्त कुनै अन्तर्राष्ट्रिय बिमान सेवा यहाँ संचालन हुने कुनै प्रत्याभुति छैन। हुदाँ हुदाँ अब यस बिमान स्थलको संभाव्य व्यवसायिक असफलताका लागि भारतलाई दोष देखाउने कुरापनि उठन थालेको छ। जग जाहेर छ-चिनीया बिआरआई प्रोजेक्ट अन्तर्गत बनेको यस बिमानस्थलको सुसंचालनमा भारत कहिल्यै पनि सहयोगी रहने छैन। हुन सक्छ, यस बिमान स्थलको ऋण नेपालको आर्थिक तवाहीको लागि एक मुख्य कारक बन्ने छ। तेसो भए जानाजान गरिएको ठूलो आर्थिक नोक्सानीको कुनै पहिचान छैन त? के कोई कुनै दायित्वको कानुनी भार बोक्नु पर्दैन त?

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७२ सालमा चीन सरकार र त्यहाँको एक्जिम बैंकको १ अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ युआन ऋण नेपाल सरकारमार्फत लिएको थियो। जसमा एक्जिम बैंकबाट ३५ करोड ५९ लाख ३० हजार युआन निर्ब्याजी र १ अर्ब २ करोड २८ लाख १० हजार युआन ब्याज तिर्ने सर्तमा गरी कूल १ अर्ब ३७ करोड चिनियाँ युआन ऋण सम्झौता गर्दै नेपाल सरकारले प्राधिकरणलाई ५ प्रतिशत ब्याजदरमा (सहायक ऋण) उपलब्ध गराएको थियो। अहिले नयाँ सवाल उठेको छ। यस ऋणको सम्झौता हुदांको बखत चीनले बिआरआई प्रोजेक्ट ल्याएको थिएन। पछि निर्माण सम्पन्न भएको तथा उदघाटनको बखत यो परियोजना बिआरआई अन्तर्गत बनेको भन्यो। नेपालका अधिकारीहरूले यसको खण्डण गर्यो, आज फेरी चिनीया राजदुतावासले औपचारिक रूपमा तथा राजदुतले भाषणमा सोही कुरा दोहोर्याएका छन्। यहाँ फेरी सवाल उठछ, यदि यो बिमान स्थलमा चिनीया लगानी बिआरआई प्रोजेक्ट अनुसार नै भएको हो भने नेपालले बोकेको ऋण भार पूर्व अनुसार नै रहने हो कि थपघट हुने हो? नेपाल सरकारले यसलाई स्पष्ट गर्नु पर्दछ।

काँग्रेसलाई अवनतिको सुरूंगमा हुल्ने “लाउडा एयर” प्रकरणमा घिस्याईको मात्र २ आधार थियोः १. बढी मूल्यमा र, २. नाफाको प्रक्षेपण तथा व्यवसायिक योजना बेगर बिमान लिजमा लिनु। यो परियोजना निर्माण गर्न बिना प्रतिस्पर्धा ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट कन्ट्र्याक्ट’ (इपिसी) मोडेलमा सिधै चीनको सिएएमसी इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको थियो। निर्माण भै सकेको छ। यसर्थ, लागत बढी भयो वा कम भयो-यस बारे सिर्फ चर्चा गर्न सकिन्छ। तर, व्यवसायिक योजना बेगर यत्रो ठुलो ऋण लिनु, मुलुकलाई ऋणको भारमा डुबाउनु आर्थिक अपराध हो। यो गंभीर छानबिनको बिषय हो। अख्तियारको दुरूपयोग हो। यही आधारमा लाउडा एयर प्रकरणमा मुद्दा चलेको हो। लाउडा प्रकरणमा लेखा समिति,अख्तियार र अदालत सबै लाग्यो।

के अहिलेको पोखरा र भैरहवाको बिमान स्थलको हबिगतमा उही कुरा लाग्दैन ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x