१२ मंसिर २०८३, शुक्रबार

फ्रान्समा प्रहरीद्वारा किशोर हत्याको विरोधमा प्रदर्शन, कम्तीमा १५० जना पक्राउ

एसीपी संवाददाता

१५ असार २०८०, शुक्रबार ०९:२२ मा प्रकाशित

ट्राफिक नियम उल्लंघन गरेको भन्दै १७ वर्षीय किशोरलाई प्रहरीले हत्या गरेको आरोपमा फ्रान्सका विभिन्न सहरमा प्रदर्शन

पेरिस — फ्रान्समा प्रहरीद्वारा किशोरको हत्या भएको विरोधमा आधा दर्जनभन्दा बढी सहरमा आगजनी, तोडफोड र हिंसात्मक प्रदर्शनीमा कम्तीमा १५० जना पक्राउ परेका छन् ।

राजधानी पेरिसको दक्षिणी भागमा पर्ने एस्सोन क्षेत्रमा एक समूहले सबै यात्रुहरूलाई जबर्जस्ती ओरालेर बसमा आगो लगाएको र पेरिस नजिकैको क्लामामा गुडिरहेको यात्रुबाहक ट्राममा आगो लगाएका छन् ।

दक्षिणी सहर तुलुजमा थुप्रै कारहरूमा आगजनी गरिएको छ। अन्य दुई दक्षिणी सहर दिजोन र लियोनमा पनि थुप्रै सवारी साधनमा आगजनी गरिएको प्रहरी स्रोतलाई उल्लेख गर्दै फ्रान्सेली मेडियाहरुले जनाएका छन् ।

फ्रान्सको फेस्नेस्थित दोस्रो ठूलो जेल परिसरमा प्रदर्शनकारीहरूले आतिसबाजी र पटका पड्काएर प्रवेशद्वारमै रहेका सुरक्षामाथि हमला गरेको फ्रान्स २४ न्यूजले उल्लेख गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x