१२ मंसिर २०८३, शुक्रबार
मस्कोमा युक्रेनको ड्रोन आक्रमण : रुस
रुसले युक्रेनमाथि मस्कोमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ । मंगलबार गरिएको आक्रमणमा ५ वटा ड्रोन प्रयोग गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । तर, ती ड्रोन आक्रमणलाई निस्तेज पारिएको उसले बताएको छ ।
रुसका अनुसार आक्रमणका कारण केही हवाईजहाज भ्नुकोभो अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘डाइभर्ट’ गर्नुपरेको थियो । यद्यपि, युक्रेनले आफूले आक्रमण नगरेको जनाएको छ ।
Subscribe
Login
0 Comments


