१४ आश्विन २०८३, बुधबार

ताइवान क्षेत्रमा ११ चिनियाँ सैन्य विमान र ४ नौ सेना जहाज प्रवेश

एसीपी संवाददाता

२६ असार २०८०, मंगलवार ०९:५६ मा प्रकाशित

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले पछिल्लो मंगलबार बिहान ६ बजे देखि बुधबार बिहान ६ बजेसम्म ताइवानको क्षेत्रमा ११ चिनियाँ सैन्य विमान र चार नौसेना जहाजहरू अनधिकृतरुपमा प्रवेश गरेको जनाएको छ।

पिपुल्स लिबरेसन आर्मी (पीएलए) का ११ विमानहरूमध्ये तीनवटा ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा ट्र्याक गरिएको थियो रक्षा मन्त्रालयले जनाएको छ । उक्त क्षेत्रको दक्षिणपश्चिम कुनामा ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने एउटा बीजेडके–००५ टोही ड्रोन सहित एउटा डब्लूजेड–७ टोही ड्रोन र एक हार्बिन जेड–९ एन्टी–सबमरिन लडाकू जहाज दक्षिणपश्चिम क्षेत्रमा ट्र्याक गरिएको थियो।

उक्त विमान र नौसेना जहाजहरुमा जवाफी विमान र नौसेना जहाजहरू पठाएको ताइवान रक्षा मन्त्रालयले जनाएको छ। पीएलएका गतिविधि निगरानी गर्न भूमि–आधारित मिसाइल प्रणाली प्रयोग गरिएको छ।

यस महिनासम्म बेइजिङले ताइवान वरिपरि ३१८ सैन्य विमान र १४२ नौसैनिक जहाज पठाएको छ। सेप्टेम्बर २०२० देखि, चीनले ताइवान वरिपरि सञ्चालन हुने सैन्य विमान र नौसेना जहाजहरूको संख्या बढाउँदै ग्रे जोन रणनीतिहरूको प्रयोग बढाएको ताइवान रक्षा मन्त्रालयले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x