१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानमा रहेका हिन्दुहरुलाई किन आतंकबादीहरुले दिए धम्कि

एसीपी संवाददाता

२७ असार २०८०, बुधबार १३:०० मा प्रकाशित

पाकिस्तानबाट नेपाल हुँदै भारत आएकि  सीमा गुलाम हैदरलाई त्यहाँका आतंकवादी संगठनहरूले पाकिस्तान फर्किन धम्की दिएका  छन् ।  सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ ।  यो भिडियो बलुचिस्तानको आतंकवादी संगठनले जारी गरेको दाबी गरिएको छ ।  यसलाई पाकिस्तानका केही पत्रकारले शेयर गरेका छन् ।

यस भिडियोमा एक हतियारधारी आतंकवादी सीमा हैदरलाई पाकिस्तान फिर्ता पठाउन धम्की दिई रहेको देखिन्छ ।  आतंकवादीले सीमा र उनका चार छोराछोरीलाई पाकिस्तानमा सुम्पिएन भने त्यसको परिणाम पाकिस्तानमा रहेका हिन्दू र अन्य गैर-मुस्लिमहरूले भोग्नुपर्ने चेतावनी दिएका छन्।

यहाँ, सीमाले दावी गर्छिन् कि उनी नोएडामा बस्ने सचिनसँग PUBG गेमको माध्यमबाट सम्पर्कमा आएकी थिइन्।  दुवै प्रेममा परे।  त्यसपछि सीमा चार सन्तान लिएर नेपाल आइन् ।  त्यहाँबाट उनी बसमा भारत आइन् र नोएडामा सचिनसँग विवाह गरेपछि ५० दिनसम्म त्यहाँ बसिन् ।  जब रहस्य खुल्यो, सीमा र सचिन पक्राउ। परे अनि बल्ल रहस्य खुलेहो ।  हाल दुवै धरौटीमा छुटेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x