१ श्रावण २०८३, शुक्रबार

प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन चेतावनी

एसीपी संवाददाता

१५ आश्विन २०७७, बिहीबार ०१:३५ मा प्रकाशित

सरकारले पीसीआर परीक्षण गर्दा तोकिएको शुल्कभन्दा बढी लिने प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन चेतावनी दिदै शुल्क समायोजन नगरे दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।

बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले यी अस्पताललाई २४ घण्टाभित्र शुल्क समायोजन गर्न निर्देशन दिदै शुल्क समायोजन नभए दर्ता खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार ८ प्रयोगशालाले बढी शुल्क लिएको पाइएकाले एकदिनलाई चेतावनी दिने र २४ घण्टाभित्र शुल्क नघटाए अनुमति खारेजका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय भएको बताउनुभयो ।

स्टार, ह्याम्स , वि एण्ड वि ,नेपाल मेडिसिटी अस्पतालका प्रयोगशाला, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी एण्ड रिसर्च सेन्टर र इन्ट्राप्रिड डायगनोस्टिक सेन्टरले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेको पाइएको उहाले बताउनुभयो ।

https://www.youtube.com/watch?v=II1Ss092Hww

सरकारले भदौ २८ गते पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो । यी प्रयोशालाले सरकारले तोकेको मुल्यमा परीक्षण गर्न नसक्ने भन्दै ३ हजार ८९९ रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x