१० मंसिर २०८३, बुधबार

पाकिस्तानमा १५० बर्ष पुरानो मरि माताको मन्दिर भ्त्काईयो , हिन्दुहरुको घरमा गोलि प्रहार

एसीपी संवाददाता

३ श्रावण २०८०, बुधबार ११:४३ मा प्रकाशित

कराँची : पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दू मन्दिरमा बढ्दो आक्रमणलाई ध्यानमा राख्दै सरकारले सुरक्षा बढाएको छ ।  सरकारी स्रोतका अनुसार सिन्धका मन्दिरहरूको सुरक्षाका लागि ४०० भन्दा बढी हिन्दू प्रहरी तैनाथ गरिएको छ।

पाकिस्तानमा विगतमा हिन्दू मन्दिरमा आक्रमणका घटना बढेका छन् ।  ४८ घण्टामा पाकिस्तानका दुईवटा मन्दिरलाई आक्रमणकारीले निशाना बनाएका छन् ।  आक्रमणकारीले आइतबार बिहान कश्मोरको एक हिन्दू मन्दिरमा रकेट लन्चरले आक्रमण गरेका थिए भने मन्दिर वरपर रहेका हिन्दू समुदायका घरमा पनि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

कराँचीमा १५० वर्ष पुरानो मन्दिरमा बुलडोजर ले भत्काएको छ ।
कराचीका मानिसहरूले भने कि १४ जुलाईको राति केही मानिसहरूले बुलडोजर ल्याए र मारी माता मन्दिरको बाहिरी पर्खाल र मुख्य ढोका बाहेक सम्पूर्ण मन्दिरलाई भित्रबाट ध्वस्त पारे।  पाकिस्तानी समाचार पत्र डनको रिपोर्ट अनुसार मन्दिर भत्काइरहँदा मन्दिर भत्काउनेहरूलाई सुरक्षा दिन प्रहरी तैनाथ गरिएको थियो।

यो मारी माता मन्दिर मुखी चोहितराम रोडमा अवस्थित छ।  जहाँबाट सैनिक बजार प्रहरी चौकी पनि केही दूरीमा छ ।  मिडिया रिपोर्टका अनुसार मन्दिरको जग्गा सपिङ प्लाजा प्रवर्द्धकलाई ७ करोडमा बेचेको छ ।  त्यही भएर मन्दिर भत्कियो ।  जुन २०२२ मा पनि मारी माता मन्दिरमा देवताहरूको मूर्ति तोडिएको थियो ।   तस्विर सन् २०२१ को हो।  जन्माष्टमीको अवसरमा सिन्धको कृष्ण मन्दिरमा हिन्दू धर्मावलम्बीले पूजा गरिरहेका बेला केही व्यक्तिले मन्दिरमा आक्रमण गरी कान्हाको मूर्ति तोडफोड गरेका थिए ।
मन्दिरको आँगनमा खजाना रहेको कथा पनि छ ।
श्री पञ्चमुखी हनुमान मन्दिरका पुजारी रामनाथले १५० वर्षअघि करिब ४ सयदेखि ५ सय वर्ग गजमा मारी माताको मन्दिर निर्माण भएको बताए ।  यसको आँगनमा पुरानो खजाना गाडिएको कथा पनि प्रचलित छ ।

मारी माता मन्दिरको व्यवस्थापन मद्रासी हिन्दु समुदायको हातमा थियो ।  मन्दिर निकै पुरानो भएकोले जुनसुकै बेला भत्किन सक्ने उनीहरुको भनाइ छ ।  त्यसकारण हामीले धेरैजसो मूर्तिहरू अस्थायी रूपमा अर्को ठाउँमा सारेका थियौं।  नयाँ मन्दिर बनेपछि मात्रै मूर्तिहरू त्यही ठाउँमा राखिने हामीले सोचेका थियौं।

अर्कोतर्फ पाकिस्तानको सिन्ध प्रान्तमा आपराधिक गिरोहले ३० हिन्दू महिला र बालबालिकालाई बन्धक बनाएकोमा मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ ।  सिन्धको कश्मोर र घोटकी जिल्लामा बिग्रिएको कानून र व्यवस्थाको बारेमा पनि प्रश्न उठाए।  आयोगले सिन्ध गृह विभागले हिन्दू मन्दिरमा भएको आक्रमणको छानबिन गर्नुपर्ने भनेको छ। एजेन्सी न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x