९ मंसिर २०८३, मंगलवार
भारतिय मुस्लिम लाई लिन चाहन्थेनन जिन्ना
भारत र पाकिस्तान सन् १९४७ मा स्वतन्त्र भएका थिए । तर, त्यो समयमा पाकिस्तान भारतबाट अलग भयो र नयाँ देश बन्यो, जसले आफैलाई इस्लामिक राष्ट्र घोषणा गर्यो। भारत र पाकिस्तानको विभाजनका बेला लाखौं मानिस एक देशबाट अर्को देशमा बसाइँ सरेका थिए । हालै पाकिस्तानका राजनीतिक विज्ञ इश्तियाक अहमदले अली जिन्नाले भारतबाट कुनै पनि मुस्लिम पाकिस्तान नआओस् भन्ने चाहेको दाबी गरेका थिए ।
पाकिस्तानका राजनीतिक विज्ञ इश्तियाक अहमदले भने कि मोहम्मद अली जिन्नाले महात्मा गान्धीलाई धन्यवाद दिनुपर्थ्यो, जसका कारण करिब ३ करोड ५० लाख मानिसलाई पाकिस्तान जानबाट रोकिएको थियो। नत्र पाकिस्तानको हालत खराब हुने थियो । यसबाहेक उनले अली जिन्ना पाकिस्तानको पञ्जाब क्षेत्रमा एक पनि हिन्दू-सिख बस्न नपरोस् भन्ने चाहन्थे।
Subscribe
Login
0 Comments


