१ श्रावण २०८३, शुक्रबार

विष्णु कुमालको नेतृत्वमा ७ सदस्यीय जनमत पार्टी वडा नंबर-१३ मा समिति गठन

एसीपी संवाददाता

१७ आश्विन २०७७, शनिबार १५:३४ मा प्रकाशित

जनमत पार्टीका नेता इरफान अहमद शेषको प्रमुख उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्दै अधिवेशन समिति विष्णु कुमालको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ, । कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष रियाज अहमद शेष, विद्यार्थी जनमत संघका बाँके जिल्ला अध्यक्ष तथा जिल्ला सदस्य मुजिबुल हशन अंसारी, युवा जनमत संघ बाँकेका जिल्ला सदस्य राजू अंसारी, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य अक्षय सोनकर, वरिष्ठ नेतृत्वका सदस्य शैलेन्द्र कर्ण, जिल्ला सदस्य कलामुद्दीन शेष, इन्सान अलि, राम प्रघट , राजेश शाहू लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

आजकै अन्तरक्रिया एंव छलफल कार्यक्रमबाटै आउने शनिवार आफ्नो नेपालगन्ज उपमहानगरपालिका वडा नंबर-१३मा वडा अधिवेशन गर्न जनाएको छ । जनमत पार्टीका केन्द्रीय नेता इरफान शेषले अब मधेशको नेतृत्व मधेशी युवाहरूले मात्र गर्ने छन भनी ठोकुवा गरेका छन, मधेशी जनतालाई पटकपटक धोका दिई राजनीति गर्ने मधेशका गद्दारहरुको हिसाब हुने दिन नजिक रहेको जिकिर गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x