९ मंसिर २०८३, मंगलवार

तीन महिनामा २१ जना चीनियाँ नागरिकलाई देश निकाला

एसीपी संवाददाता

२२ श्रावण २०८०, सोमबार ११:०१ मा प्रकाशित

नेपालले चालु आर्थिक वर्षको तीन महिनामा २१ जना चीनियाँ नागरिकलाई देश निकाला गरेको छ। ०८० वैशाखदेखि असारसम्मको अवधिमा उनीहरुलाई निकाला गरिएको हो।

नेपालमा रहेर गैरकानुनी गतिविधिमा संलग्न रहेको पाईएपछि उनीहरुलाई देश निकाला गरेर पठाईएको अध्यागमन विभाले जनाएको छ। स्रोतको अनुसार नेपालमा रहेका अधिकांश चीनियाँ नागरिक गैरकानुनी गतिविधिमा संलग्न छन्।

यसैगरी, ७ जना अमेरिका, ४ जना यमन, ३ जना बेलायत तथा ३÷२ जना दक्षिण कोरिया, पाकिस्तान, रुस, क्यामरुन, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि निष्काशन गरिएको जनाईएको छ।

यस्तै भुटान, घाना, इरान, इटाली, पोर्चुगल, फ्रान्स, सुडान, क्यानडा र जर्मनीका १÷१ जना व्यक्तिसहित तीन महिनाभित्र ५५ जना विदेशी नागरिक निष्काशित भएको विभागले जनाएको छ । नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x