१ श्रावण २०८३, शुक्रबार

कोरोनाबाट बाकेमा एक जनाको मृत्यु

एसीपी संवाददाता

१८ आश्विन २०७७, आईतवार ०८:१० मा प्रकाशित

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् २९ बर्षीया सुत्केरीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । महेन्द्रनगर-२ कञ्चनपुरकी संक्रमित महिलाको उपचारका क्रममा आइतवार विहान साढे चार बजे मृत्यु भएको छ ।

प्रसूति व्यथाले च्यापेपछि उनी असोज १३ गते सेती प्रादेशिक अस्पताल धनगढी भर्ना भएकी थिइन् । उनले त्यसैदिन जुम्ल्याह बच्चाको जन्म दिएकी थिइन् । उनको त्यसैदिन कोरोना परीक्षणका लागि लिएको स्वावको रिपोर्ट पनि पोजेटिभ आएको थियो । तत्काल उनलाई कोभिड आइसोलेसन वार्डमा सारेर उपचार सुरु गरिएको थियो । तर रक्तश्राव नरोकिएपछि उनलाई १५ गते त्यहाँबाट रिफर गरेर मेडिकल कलेज कोहलपुर पठाइएको थियो ।

‘३३ हप्ते पहिलो गर्भवति ती महिलाको सुत्केरी नहुँदै देखि रक्तश्राव भइरहेको रहेछ, भन्नुभयो–‘सुत्केरी नर्मल भएपनि रक्तश्राव नरोकिएपछि सेतीमै पाठेघरको शल्यक्रिया गरिएको थियो, अवस्था सुधार नभएपछि कोहलपुरमा पठाइएको थियो उनको उपचारकै क्रममा निधन भयो ।’

जुम्ल्याह बच्चा (छोरा र छोरी) को अवस्था भने सामान्य छ । योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके ल्याइएका ९ जना संक्रमितको मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x