२ श्रावण २०८३, शनिबार

राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा नेकपाका दुई हजार बढी कार्यकर्ता द्वारा पार्टी परित्यागको घोषणा

एसीपी संवाददाता

२० आश्विन २०७७, मंगलवार १०:०४ मा प्रकाशित

 ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।

३५ संस्थामा आवद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् । बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायतका संस्थामा आवद्ध पार्टी सदस्यहरुले नेकपा छाड्ने घोषणा गरेका हुन् ।

उनीहरुले पार्टीका सांसदहरुले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिवद्धता बिर्सेर बुटवलबाट राजधानी दाङ सार्न लागेकाले पार्टीमा बस्नुको औचित्य नभएकाले पार्टी परित्याग गरेको घोषणा गरे ।

रुपन्देहीमा अस्थायी राजधानी राख्दा रुपन्देहीका व्यवसायिक संघसंस्तथाहरुले आफ्ना कार्यालय भवनहरु दिएर योगदान गरे पनि सरकार र यस क्षेत्रका सांसदहरुले त्यसलाई नजर अन्दाज गरेको गुनासो गरे ।

राजधानी सार्ने प्रस्तावका सन्दर्भमा पार्टीका नेताहरुको लाचारीपनले गर्दा आउंदो निर्वाचनमा लज्जास्पद पराजय हुने उनीहरुको तर्क छ । उनीहरुले अब सत्तारुढ नेकपामा पार्टीमा बसिररहन नैतिकता नदिएको भन्दै स्वतन्त्र रहने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपाल, रुपन्देही ब्यापार संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरालगायतले बोलेका थिए । अन्लाईन खबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x