चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्री सहित कस-कसले दिए भारतलाई बधाई
काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।
‘चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गरेर विज्ञान तथा अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको इसरो टोलीलाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘चन्द्रमामा चन्द्रयान ३ को सफल अवतरणका लागि हार्दिक बधाई ! यो हाम्रो मित्रराष्ट्र भारतका लागि राष्ट्रिय गौरवको क्षण मात्र होइन, अन्तरिक्ष विज्ञान र प्रविधिको विकासमा एउटा महत्वपूर्ण कोसेढुंगा पनि हो । जसले अन्ततः हाम्रो जीवनलाई अझ राम्रो बनाउन योगदान पुर्याउँछ,’ परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 
भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।
भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
‘चन्द्रयान ३ को सफल अवतरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकहरूको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ,’ देउवाले उल्लेख गरेका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदले पनि बधाई दिएका छन् ।
। भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् ।
भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् ।
‘चन्द्र यान ३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतले ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि इसरोका वैज्ञानिक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहन्छु । मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौं,’ पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् । 
भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।
भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
‘आज भारतको चन्द्र यान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं,’ उनले उल्लेख गरेका छन् । यो समाचारहरु अनलाइन खबर बाट


