एकै दिन किन् कोरोना संक्रमित ४ हजार ३ सय ६४ पुग्यो

अहिले बिश्व ब्यापी महामारीको रुपमा रहेको कोभिड १९ कोरोना भाइरसको संक्रमित एकै दिन ४ हजार भन्दा बढि पुगे के कारण हो ? अहिले सरकारले यसलाई रो्क्न किन सकीरहेको छैन् । के सरकार कहिले धेरै परिक्षण गरेकोमा बढि संक्रमित भए अथवा संक्रमित नेपाली धेरै छन् परिक्षणको अभाव हो भन्ने कुराको बहस शुरु भएको छ ।
नेपालमा बिहीबार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५६१ महिला र २८०३ पुरुष गरि थप ४ हजार ३६४ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना पुष्टि भएको छ ।
- कुटपिटको विरोधमा प्राध्यापकहरुले गरे उपकुलपतिको कार्यालय घेराउ
- चौतर्फी आएको दबावका कारण सरकार र चिकित्सक संघ बीच डा.केसीको मागका बिषयमा भएको वार्ता सकारात्मक
- डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै चिकित्सकहरुको आन्दोलन शुरु
- सार्थक वार्ता गर, उधारो होईन
मन्त्रालयका अनुसार काठमाडौंमा ७९९ महिला र १२८६ पुरुष गरि २०८५ जना, भक्तपुरमा ६९ महिला र ६६ पुरुष गरि १३५ जना र ललितपुरमा १२४ महिला र १९६ पुरुष गरि ३२० जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।
त्यस्तै बिहीबार २६ सय ७५ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।त्यस्तै होम आइशोलेशनमा १४ हजार ९६७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ११ हजार ७१७ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ३१ हजार ९५८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।




