१३ आश्विन २०८३, मंगलवार

क्यानडाले भारतमाथि लगाएको आरोपमा अमेरिकाले गर्‍यो खण्डन

एसीपी संवाददाता

३ आश्विन २०८०, बुधबार ११:३१ मा प्रकाशित

एजेन्सी :  सिख नेता हरदीप सिंहको हत्या मामिलामा  क्यानडाले भारतमाथि लगाएको आरोपमा अमेरिकाले प्रतिक्रिया दिएको छ। मंगलबार ह्वाइट हाउसले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतमाथि लगाएको आरोप अत्यन्त चिन्ताजनक भएको बताएको छ।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले सोमबार संसदमा बोल्दै सिख नेता सिंहको हत्यामा भारत सरकारको भूमिका रहेको आरोप लगाएका थिए। प्रधानमन्त्री टुडेको सो अभिव्यक्तिलगत्तै क्यानडाको विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कुटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी थिइन्।

गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिर बाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको  थियो।

क्यानडाले पृथकतावादी खालिस्तान नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरिदिएको छ।

क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घन्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको हो।

यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले बताएका छन् ।

विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि क्यानडाले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतका विरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x