२ श्रावण २०८३, शनिबार

गाईको मासु सहित खजुरामा तीनजना प्रहरीको नियन्त्रणमा

एसीपी संवाददाता

२६ आश्विन २०७७, सोमबार ०९:४३ मा प्रकाशित

फाईल तस्बिर

ईलाका प्रहरी कार्यालय धनौलीले ७ किलो गाईको मासु, हड्डी र छालासहित खजुराबाट तीनजनालाई नियन्त्रणमा लिएको छ ।

सरकारविरुद्ध संयुक्त आन्दोलनको घोषणा

धनौली प्रहरीले आइतबार खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुरबाट सोही ठेगाना भएका ४५ बर्षिय चुन्नी खाँ, ५० बर्षिय सब्दिर खाँ र ३४ बर्षिय अब्दुल आसिक खाँ लाई गाईको ७ किलो मासु, हड्डी र छालासहित पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

सब्दिर खाँ को घरदेखि अन्दाजी २ किलोमीटर उत्तर पुर्वमा रहेको आस्थाक खाँ को खेतबारीमा गाई काटिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षकको कमान्डमा गएको टोलीले सब्दिर खाँ को घरबाट अन्दाजी ७ किलो गाईको मासुसहित तीनैजनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट गाईको हड्डी र छाला बरामद गरी आवश्यक अनुसन्धान गरीरहेको प्रदेश प्रहरीले जनाएको छ । काँचुलीखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
mahesh kurmi
mahesh kurmi
5 years ago

राष्ट्रिय झण्डा र राष्ट्रिय जनावर को बेइज्जती गरेको बरोबर हो तसर्थ इनिहरुलाई राष्ट्रद्रोह को मुद्दा लगाई जेल हाल्नु पर्यो

1
0
Would love your thoughts, please comment.x
()
x