९ मंसिर २०८३, मंगलवार

अफगानिस्तानमा पोलियोबिरुद्धको अभियान शुरु

एसीपी संवाददाता

११ आश्विन २०८०, बिहीबार १३:२३ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानमा पोलियोबिरुद्धको देशव्यापी अभियान शुरु गरेको छ ।

चारदिने अभियानमा पाँच वर्ष मुनिका ११ लाख बालबालिकामा हुने शारीरिक अशक्तता लगायतका रोगहरुको उन्मुलन गर्ने देशको प्रयास हुने बताइएको छ । अभियानका क्रममा बालबालिकालाई पोलियोबिरुद्धको खोप खुवाउनुका साथै भिटामिन एको सप्लिमेण्ट पनि खुवाइने मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा यो वर्ष हालसम्म पाँच जना पोलियोको घटना देखिएपछि यो अभियान शुरु गरिएको हो । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का अनुसार अफगानिस्तान र पाकिस्तान मात्र विश्वमा पोलियोको महामारीबाट ग्रस्त देशहरु हुन् । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x