आज मंगलबार मुख्यमन्त्री बर्खास्त गरेरै छाड्र्छौं
फाइल तस्बिर
सत्तारुढ नेपाल कम्युननिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षमा पुगेको छ ।
चरम गूटबन्दीको शिकार भएको संगठन चिरा परेको छ । एकले अर्को पक्षलाई निषेध गर्ने गरी नेताहरु अगाडी बढेका छन् ।
नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै अर्का नेता यामलाल कँडेल पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
जसको असर अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन भूमिका खेलेका दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई परेको छ ।
मुख्यमन्त्री शाहीले शाहलाई दलको प्रमुख सचेतकबाट हटाएर सचेतक सीता नेपालीलाई उक्त जिम्मेवारी दिनु भएको छ ।
कार्वाहीमा परेर पद गुमाएका गुलाबजंग शाहले मुख्मन्त्री शाहीको निर्णयलाई अवैधानिक भन्दै मंगलबार दलको बैठक गरेर शाहीलाई बहुमतले बर्खास्तगीको निर्णय गर्ने चेतावनी दिनुभएको छ ।
अर्कातिर शाहीद्वारा नियुक्त नेपालीले भने मंगलबारको बैठक रद्द गरिएको भन्दै अब सल्लाह गरेर १०÷१५ दिनमा दलको बैठक बोलाउने प्रतिक्रिया दिनुभएको छ ।
शाहीविरुद्ध पूर्वमाओवादीका तीन र पूर्वएमालेका १५ गरी १८ जना प्रदेश सांसदले आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
- सिमामिचेको हो व होईन सत्यतथ्य सार्वजनिक गर्न सतारुढ दलकै नेता रावलको माँग
- सिमा-नाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना
- सिमा मिचेकै हो भन्ने निश्कर्षमा, हुम्लाबाट निर्वाचित सांसद शाही
केन्द्रमा केही समय प्रधानमन्त्री केपी ओलीलाई हटाउन पुष्पकमल दाहाल–माधव नेपाल समूहले सचिवालयदेखि स्थायी कमिटीसम्म लबिङ गरेको दृष्य देखेकाहरुलाई कर्णाली प्रदेशको यो किचलोले नेकपाभित्रको विवाद भुसको आगोसरह भएको देखाएको छ ।
शाहले मुख्मन्त्रीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेसँगै अवैधानिक भैसकेकाले उनको कार्वाहीको कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभएको छ ।
नवनियुक्त प्रमुख सचेतक नेपालीले भने शाह जिम्मेवारीबाटै मुक्त भैसकेकाले उहाँले बोलाएको बैठकको अर्थ नहुने भन्दै अर्को बैठक १५ दिनभित्र बस्ने बताउनुभयो ।
मुख्यमन्त्री शाहीले आइतबारकै मिति राखेर शाहलाई प्रमुख सचेतकबाट हटाएको पत्र पठाउनु भएको हो ।
कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद रहेकामा १८ जना अविश्वासको पक्षमा उभिएका हुन् ।ईमेजखबरबाट



