९ मंसिर २०८३, मंगलवार

इन्डो-प्यासिफिकमा थप सहकार्यको सहमति

एसीपी संवाददाता

१३ आश्विन २०८०, शनिबार ०४:२४ मा प्रकाशित

नयाँदिल्ली — इन्डो–प्यासिफिक क्षेत्रमा ‘शान्ति र स्थायित्व’ का लागि आपसी सहकार्यलाई बढाउने विषयमा केन्द्रित रहँदै सेना प्रमुखहरूको सम्मेलन सकिएको छ ।

भारत र अमेरिकी सेनाको संयुक्त सहकार्यमा नयाँदिल्लीमा हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन आयोजना गरिएको थियो ।

कार्यक्रममा ३० देशका प्रतिनिधि सहभागी थिए । त्यसमध्ये १८ देशबाट सेना प्रमुख स्वयं र अन्यबाट सैन्य प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाएका थिए । नेपालबाट प्रधानसेनापति प्रभुराम शर्मा सम्मेलनमा सहभागी थिए ।

सम्मेलनमा हिन्द–प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थिरता तथा सुरक्षाका लागि साझेदारी विषयमा छलफल भएको थियो । त्यसबाहेक आपसी सहयोग र अन्तरसञ्चालन क्षमता वृद्धि तथा मानवीय सहायता र संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका विषयमा पनि सम्मेलन केन्द्रित थियो ।

विपद्मा मानवीय सहायता र राहत, उद्धारका लागि संयन्त्रको विकास विषयमा पनि सम्मेलनमा छलफल भएको जनाइएको छ ।

ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x