१२ असार २०८३, शुक्रबार

सिमास्तम्भ रङ्ग्याउँदै चीन

एसीपी संवाददाता

२७ आश्विन २०७७, मंगलवार १४:१५ मा प्रकाशित

चीनले उपल्लो डोल्पाका सिमा क्षेत्रमा राखिएका सिमास्तम्भहरु धमाधम रङ्ग्याउन थालेको छ । नेपाल–चीन सिमा छुट्याउन उपल्लो डोल्पाको मोरिम्ला नाकामा राखिएको सिमास्तम्भमा रंगीन इनामेल लगाएर रङ्ग्याएको छ । डोल्पोबुद्ध गाउँपालिकामा पर्ने मोरिम्ला नाकामा रहेको १५ नम्बर सिमास्तम्भमा केही घण्टा अघि मात्रै रंग लगाइएको सिमानामा पुगेका स्थानीय हरिनन्द बोहोरालाई उद्दत गर्दै हाम्रा संवाददाताले जनाएका छन ।

“गृह मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा युथ इनोभेशन नेपालले सुरु गरेको पैदल मार्ग र स्थानीय पुर्वाधार नक्साङ्कन कार्यक्रमको सिलसिलामा सिमा क्षेत्र मोरिम्ला नाका पुगेको थिएँ,चिनियाँ अधिकारीहरुले केही घण्टा अघिमात्रै सिमास्तम्भमा पेन्टिङ्ग गरेका रहेछन्,पेन्टिङ्ग सुकेको थिएन,छुँदा समेत हातमा टाँसिन्थ्यो” बोहोराले नेपाल टेलिभिजनसँग भन्नुभयो ।

“सिमास्तम्भ आसपासका धेरै ठाउँमा चाइनिज भाषामा समेत पेन्टिङ्ग गरिएको छ। सिमा स्तम्भमा ‘नेपाल २०१९”  लेखिएको छ,त्यसैलाई पेन्टिङ्ग गरेकाछन् ।” बोहोराले थप्नुभयो ।

तिन्जे गाउँबाट दुई दिनको पैदल यात्रापछि मोरिम्ला नाका पुगिने र मोटरसाइकललमा करिब तीन घण्टामै नाका पुगिने बोहोराले बताउनुभयो ।नेपालले लिपुलेक लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेसँगै चीनले सिमा क्षेत्रमा निगरानी बढाएको हुनसक्ने जिल्लाका सरोकारवालाहरुको भनाइ छ । मोरिम्ला बाहेक उपल्लो डोल्पामा क्याटो नाका समेत पर्ने गर्दछ ।

उपल्लो डोल्पाबासीका लागि मुख्य ब्यापारिक नाकाको रुपमा मोरिम्ला र क्याटो नाका प्रयोग हुँदै आएका छन् ।नेपाल खाद्य संस्थानले उपल्लो डोल्पाबासीका लागि खाद्यान्न ढुवानी समेत चीनको बाटो हुँदै मोरिम्ला र क्याटो नाका पुर्‍याएर वितरण गर्ने गरेको स्थानीयले बताए ।बर्षमा एक पटक सिमित समयका लागि नाका खुल्ने र त्यहाँबाट खाद्यान्न, लत्ताकपडा, मोटरसाइकल लगायतका बस्तुहरु खरिद गरी ल्याउने गरेको डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग गुरुङ्गले जानकारी दिनुभयो ।

चीनबाट हुने आपूर्ति प्रभावित भएपछि परराष्ट्रमन्त्री ज्ञवाली रसुवागढी नाका पुगे

जेठ र असार गरेर दुई महिना लगाएर संकलन गरेको यार्सागुम्बा बिक्रि गर्ने र त्यसबाट आएको पैसाले बर्षभरिका लागि आवाश्यक सामाग्री खरिद गरेर ल्याउने गरेको वडा अध्यक्ष गुरुङ्गको भनाइ थियो ।यस बर्ष कोरोना भाइरसका कारणले नाका खुल्न सकेको छैन । नेपाल टेलिभिजन, सिंहदरवार, काठमाडौंले यो समाचार प्रकाशित गरेको छ ।

हुम्लामा हाम्रो भुमि मिचेको हो भन्ने म सँग प्रमाण छ-शाही

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
1
0
Would love your thoughts, please comment.x
()
x