९ मंसिर २०८३, मंगलवार

युक्रेनको समर्थनबाट अमेरिका पछि नहट्ने

एसीपी संवाददाता

१५ आश्विन २०८०, सोमबार ०७:२० मा प्रकाशित

वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको समर्थनबाट अमेरिका पछि नहट्ने बताएका छन् ।

अमेरिकी संसदमा आइतबार अल्पकालीन विधेयक पारित भएको केही समय पछि राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति बाइडेनले भने, ‘अमेरिकी र युक्रेनीहरूलाई आश्वासन दिन चाहन्छु कि हाम्रो समर्थनमा भरोसा गर्न सक्नुहुन्छ।’

उनले अमेरिका युक्रेनको साथबाट पछि नहट्ने उल्लेख गर्दै रिपब्लिकनहरूलाई युक्रेनको समर्थनको बारेमा बोल्न पनि आह्वान गरेका छन्।

उनले भने, ‘मलाई आशा छ कि मेरा साथीहरूले युक्रेनलाई समर्थन गर्नेछन् । हामी युक्रेनका लागि अमेरिकी समर्थनलाई कुनै पनि हालतमा अवरोध हुन दिनेछैनौँ ।’

यतिबेला अमेरिकामा शट डाउनको सङ्कटमा छ । यसका बाबजुद पनि अमेरिका युक्रेनप्रति प्रतिबद्ध देखिएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई समर्थन गर्न वाशिङ्टन पछि नहट्ने बताएका छन् । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x