९ मंसिर २०८३, मंगलवार

सिरियाको एक सैन्य एकेडेमीमा ड्रोन आक्रमण कम्तिमा १०० जनाको मृत्यु

एसीपी संवाददाता

१९ आश्विन २०८०, शुक्रबार १०:५० मा प्रकाशित

एजेन्सी –  सिरियाको एक सैन्य एकेडेमीमा ड्रोन आक्रमण भएको छ, जसमा कम्तिमा १०० जनाको मृत्यु भएको बताइएको छ ।  सिरियाको होम्स सहरमा रहेको सैन्य कलेजमा यो हमला गरिएको हो ।  जब यो हमला भयो, त्यहाँ एक स्नातक समारोह चलिरहेको थियो।  बिहीबार भएको यो ड्रोन हमलामा १०० जनाभन्दा बढीको ज्यान गएको खबर आइरहेको छ  ।  यस ड्रोन आक्रमणमा दर्जनौं घाइते भएका छन् ।  एक अधिकारीबाट प्राप्त जानकारीका अनुसार सिरियाली रक्षा मन्त्रीले स्नातक समारोहबाट निस्केको केही मिनेटमै सशस्त्र ड्रोनले उक्त ठाउँमा हमला गरेको थियो।  विज्ञप्तिमा कुनै पनि संगठनको नाम उल्लेख गरिएको छैन र कुनै समूहले तत्काल आक्रमणको जिम्मेवारी लिएको छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x