९ मंसिर २०८३, मंगलवार

हमास-प्यालेस्टाइन: इजरायल संघर्ष

एसीपी संवाददाता

२१ आश्विन २०८०, आईतवार २३:१० मा प्रकाशित

युद्धलाई स्क्रिन प्ले-फिल्ममा देखाईने जस्ता यी श्रब्यदृश्य यतिबेला इजरायल र प्यालेस्टाइनमा साँच्चिकै देखिन्छन् । त्यहाँको अवस्था कारुणीक छ । क्रुरता र अमानवीयताको दशककै खराव अवस्था छ । शहर र वस्ती ध्वस्त भईरहेका छन् । सडक र गल्लि अनि घरहरुमा रगतका आहल छन् । horror मूभि फ्लप पार्नेगरी-मानव सभ्यताको पछिल्लो युगमा यो युद्ध बरबरताको रौद्र रुप हो । Michel de Nostredame अर्थात Nostradamusका नामले प्रसिद्धि कमाएका फ्रान्सका दार्शनिक हुन । करिव ४ सय ५० बर्ष पहिले उनले सन् २०२३ ताकाको लागी गरेको भविष्यवाणी सायद यस्तै हो की !!
७ अक्टुबर,शनिबारको एका विहानै देखि इजरायलमाथि प्यालेष्टाईनले स्थल र रकेट आक्रमण शुरु गरेपछी त्यहाँ युद्ध चलिरहेको छ । पछिल्लो २ दिन देखि जारी युद्धमा इजरायलको खुफिया संस्था द मोसादको असफलता देखियो । हमासले रणनीतिक रुपमा इजरायल प्रवेश गरेर वस्ति र शहरमा गरेका धरपकड,आक्रमण,हत्याले इजरायलले हमासको समाना गरिरहनु परेको छ । हमासलाई हिज्बुल्ला संगठनले समेत साथ दिईरहेको सञ्चार माध्यमले कभरेज गरिरहेकाछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x