९ मंसिर २०८३, मंगलवार
हमासको विभिन्न स्थानमा इजरायलको लगातार बमबारी
“आतंकवादी संगठन हमासको दुस्साहसलाई इजरायलले उचित जवाफ दिइरहेको छ। इजरायली लडाकु विमानहरूले गाजा पट्टीमा हमासको स्थानमा लगातार बमबारी गरिरहेका छन्। यसले गाजा पट्टीमा ठूलो विनाश निम्त्याएको छ। विनाशका धेरै भिडियो र फोटोहरू प्रकाशमा आएका छन्। दुवै पक्षबाट जारी युद्धमा हालसम्म भवनहरू भग्नावशेषमा परेको र सयौंको ज्यान गएको देख्न सकिन्छ ।
इजरायली लडाकु विमानहरूले गए राति गाजा पट्टीमा हमास र इस्लामिक जिहाद लडाकुहरूको 800 भन्दा बढी स्थानहरूमा आक्रमण गरे। हमासका सात कमाण्ड सेन्टर र एउटा इस्लामिक जिहाद कमाण्ड सेन्टरमा पनि बम विष्फोट भएको थियो । “इजरायलले धेरै तले भवनहरूमा पनि आक्रमण गरेको छ।”
Subscribe
Login
0 Comments


