९ मंसिर २०८३, मंगलवार

इजरायलले हमासको आतंककारी ठेगानामा निरन्तर हमला गर्दै , अहिलेसम्म १ हजार ७ सय स्थानमा भीषण हमला

एसीपी संवाददाता

२३ आश्विन २०८०, मंगलवार १०:५७ मा प्रकाशित

इजरायलका रक्षामन्त्रीले गाजा पट्टीलाई पूर्ण रूपमा घेराबन्दी गर्ने आदेश दिएका छन्, जबकि बिजुली, खाना, पानी लगायतका अत्यावश्यक आपूर्तिहरू काटिएको छ। इजरायलले गाजा सीमामा 3 लाख सैनिकहरू तैनाथ गरेको छ। हमासमाथि इजरायलको द्रुत आक्रमण गर्दै आएको र  हालसम्म 500 आतङ्ककारीहरूले मारिएको छ।”

इजरायलले आतंकवादी संगठन हमासको आतंककारी घटना जस्तो कार्यको निरन्तर जवाफ दिइरहेको छ। इजरायलमा हमासले आक्रमण गरेपछि, इजरायली वायुसेनाले गाजा पट्टीमा विगत ७२ घण्टादेखि बमबारी गरिरहेको छ। इजरायली बमबारीले गाजा पट्टीमा ठूलो विनाश गरेको छ। इजरायलले गाजामा १७०७ स्थानलाई ध्वस्त पारेको छ। जसमा हमासका ४७५ रकेट प्रणाली, ७३ कमाण्ड सेन्टरहरू छन्। इजरायलले हमासका आतङ्ककारीहरूले प्रयोग गर्ने २३ भवनमा पनि आक्रमण गरेको छ। यसबाहेक २२ भूमिगत आधारहरू पनि ध्वस्त भएका छन्। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार ७०४ प्यालेस्टाइनी मारिएका छन्। इजरायली बम विष्फोटमा गाजामा १ सय ४३ बालबालिका र १ सय ५ महिलासहित ४ हजार जना घाइते भएका छन् ।

आतंकवादी संगठन हमासले शनिबार गाजा पट्टीबाट इजरायलमा अचानक हजारौं रकेट प्रहार गरेको थियोे जसमा १० जना नेपाली नागरिक सहित सयौंको मृत्यु भएको थियोे । हमासको आक्रमणमा करिब ९०० सर्वसाधारणको मृत्यु भएको छ। यसमा ११ अमेरिकी नागरिक पनि छन्। त्यसपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धको घोषणा गरेका थिए। उनीहरुले यस हमलाको जवाफ हमासका पुस्ताले सम्झने गरी दिने बताएका थिए।त्यसपछि इजरायली सेनाले कडा जवाफी हमला सुरु गरेको छ ।इजरायलले हमास आतङ्ककारीहरु लुकेका ठाउँहरूलाई ध्वस्त पार्ने गरि हमला गरि रहेकोे छ । हमासको नजिक ४०० भन्दा बढी आतंककारी मारिएको छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x