९ मंसिर २०८३, मंगलवार
प्रधानमन्त्री मोदी संग तान्जानियाका राष्ट्रपतिको भेटघाट, रणनीतिक साझेदारीको बारेमा चर्चा
नयाँ दिल्ली, एजेन्सी । भारत भ्रमणमा रहेका तान्जानियाका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीको हैदरावाद हाउसमा तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन सँग भेट गरेको हो ।
प्रधानमन्त्री मोदीले भने, “आज हामी हाम्रो सदियौं पुरानो मित्रतालाई रणनीतिक साझेदारीमा बाँधिरहेका छौं…दुवै पक्षले स्थानीय मुद्रामा व्यापार बढाउने सम्झौतामा काम गरिरहेको तथा भारतले तान्जानियाको सीप विकासमा महत्वपूर्ण योगदान दिएको छ ।“ तान्जानियाका राष्ट्रपति चार दिने भारत भ्रमणमा आएका छन् ।
Subscribe
Login
0 Comments


