९ मंसिर २०८३, मंगलवार

अफगानिस्तानमा बुधबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस

एसीपी संवाददाता

२४ आश्विन २०८०, बुधबार ०९:०३ मा प्रकाशित

काबुल : अफगानिस्तानमा बुधबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।  जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सका अनुसार अफगानिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो।  भूकम्पको तीव्रता ६.३ रहेको बताइएको छ ।  भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।  गत शनिबार अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी थुप्रैले ज्यान गुमाएका थिए ।  अफगानिस्तानको हेरात प्रान्तमा शनिबार शक्तिशाली भूकम्प गएको छ ।  जसमा ४ हजार जनाको मृत्यु भएको थियो ।  यद्यपी तालिवानले यसको पुष्टि गरेको छैन ।

हेरात जनसंख्याको हिसाबले अफगानिस्तानको चौथो ठूलो सहर हो।  भर्खरै शनिबार भूकम्प गएपछि यस भूकम्पबाट ठूलो जनसङ्ख्या प्रभावित भएको थियो ।  एजेन्सीले भूकम्पको केन्द्रबिन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तरपश्चिममा रहेको जनाएको छ ।  भूकम्पपछि उद्धार कार्य सुरु भए पनि यसले ठूलो क्षति पु¥याएको छ ।

तालिबानका प्रवक्ता अब्दुल वाहिद रायनले भूकम्पबाट धेरै गाउँ ध्वस्त भएका र सयौं नागरिक भग्नावशेषमा फसेकाले मृत्यु हुनेको संख्या प्रारम्भिक रिपोर्ट गरिएको भन्दा बढी रहेको बताए।  उनले यो डरलाग्दो अवस्थाको सामना गर्न तत्काल सहयोगको अपिल गरेका छन् ।  रायनले भने, ‘2,060 जनाको मृत्यु हुनुका साथै 1,240 जना घाइते भएका छन् र 1,320 घर पूर्ण रूपमा ध्वस्त भएका छन्।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x