विश्वमा कोरोना महामारी शान्तिका लागि नेपालगन्जमा यज्ञ
कोभिड-१९ ले आक्रान्त बन्दै गएको मुलुक र विश्वमा महामारी शान्तिका लागि शुक्रबार नेपालगन्जमा यज्ञ गरिएकोछ । गायत्री परिवार नेपालगन्जको आयोजनामा वैदिक विधि तथा विशेष किटनाशक मन्त्रहरुद्वारा सो यज्ञाहुती गरिएको हो ।
अवधी पत्रकार संघको भवन निमार्णका लागि जग्गाको नक्सांकन
कोरोना संक्रमित एक पुरुषको मृत्यू , थप १७ जना डिष्चार्ज
ब्रह्मबर्चस शोधसंस्थान,गायत्रीकुन्ज द्वारा प्रस्तावित सो यज्ञ कार्यक्रममा विभिन्न क्षेत्रका गरि सय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो। प्रविधी र विज्ञानको उच्च विकासका बाबजुद कोरोनाका कारण विश्वमा चुनौतीपूर्ण जटिल परिस्थिति सृजिएकाले एक सचेत नागरिकको युग धर्मानुसार सुरक्षा उपाय पनि अपनाउदै वैदिक विधि र किटनाशक मन्त्रहरुले त्यसरी यज्ञ आहुती गरिएको आयोजकतर्फका डा.विजय प्रधानले बताउनु भएकोछ। गायत्री प्रज्ञा अभियान अमिलाकुट्टी, नेपालगन्जको परिसरमा उक्त यज्ञ गरिएको थियो ।





धन्यवाद हजुर।