२ श्रावण २०८३, शनिबार

बाँकेमा शनिवार ३८ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

१ कार्तिक २०७७, शनिबार १७:३४ मा प्रकाशित

बाँकेमा शनिवार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका तीनवटा पीसीआर प्रयोगशालामा गरीएको परीक्षणमा १४ महिला र २४ पुरुषगरी ३८ जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पताल प्रयोगशालामा १८, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १८ र बागेश्वरी प्रयोगशालामा २ गरी ३८ जनामा भाइरस देखिएको हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय ७३ पुगेको छ ।

यस्तै शनिवार थप ४२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार २२ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म २९ जनाले ज्यान गुमाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x