कुन बाटो भएर नेपालगंज आउँछ ब्राउन सुगर ?
फाइल तस्बिर
कोभिड १९ महामारी शुरु भए देखिनै नेपालको सिमा सिल गरे पनि भारतबाट अबैध समान ओसार पसार तथा लागु औषध कारोबार रुकेको छैन् । अहिले जमुनाह सिमानाका पुर्ण रुपले ठप्प रहेको र कुनै ब्यक्ति आवत जावद गर्दा खाली हाथ जाने अति आवश्यकलाई वडा कार्यालय व अन्य निकायको सिफारिसमा मात्र जाने अनुमति दिने गरेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख बिष्णु गिरीले जनाएका छन् ।
चेकजाँचमा प्रहरी नेपालीलाई नेपाल प्रबेश,भारतीयलाई भारत जान् दिने गरेको जानकारी
यस्तै हरेक दिन जसो अबैध समान लत्ता कपडा लागु औषध कुन बाटो आउने गरेको भन्ने प्रश्न उठन् स्वाभाविक छ । शनिबार नेपालगन्जमा उपमहानगरपालिका १६ वडा कार्यालयको चोक स्थित सिमा प्रहरीचौकी जयसपुर बाँकेबाट प्रहरी नायब निरिक्षक मिन बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले चेक जाँच गर्ने क्रममा नेगउमनपा १६ जयसपुर बस्ने बिलेदार खाँनको छोरी बर्ष अंन्दाजी बर्ष २१ की निसा खाँनले भारतबाट ल्याएको अबैध लागु औषध ब्राउन सुगर १४ ग्राम बरामद गरीएको र जिल्ला प्रहरी कार्यालयले बाँकेबाट थप अनुसन्धान भई रहेको जिप्रका बाँकेले घटनाको छोटकरी बिवरण मार्फत पत्रकारलाई जानकारी दिएको छ ।
यसै बीच नेपालगंज उमनपा १४ उदयपुरुवा बाट समे जिप्रकाबाँकेबाट सादा पोशाकमा प्र.ना.नि.बम बहादुर रावलको कमाण्डमा खटिएको टोलीले लागु औषध नि.ब्युरो नेपालगंज बाँके बाट प्र.ना.नि.प्रेम बहादुर अधिकारी सहितको संयुक्त टोलीले चेकजाँच गर्दा बर्ष १८ को प्रदिप खटिकको साथबाट ४ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिईएको र जिप्रकाबाँकेले थप अनुसन्धान गरी रहेको छ । बाँकेमा सामान बरामद-४, लागुऔषध -२ सहितका घटना बारे प्रहरी बरिष्ठ उपरीक्षक (राज कुमार बैदवार) प्रवक्ता ५ नं. प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आफ्नो भू-भागलाई नेपालकै हो भन्न सरकार हिच्किचाएको छ-सिंह
नेपाल भारत सिमानजिक बसोबाँस गर्ने नेपालीहरु सँग दोहोरो नागरिकता रहेको भन्ने धेरै लाई शंका रहेको छ उनीहरु नेपालमा अपराधिक कार्य लागुऔषध कारोबार गर्ने गरेको र प्रहरीलाई जानकारी हुने बित्तिकै भारतमा गएर उनीहरु आफ्नो कारोबार गर्ने गर्छन । सिमा क्षेत्रमा बसोबाँस गर्ने त िब्यक्तिहरु त्यस पछि लागुऔषधमा नयाँ केटाकेटिहरु मार्फत ओसार पसार गराउने गरेका छन् ।
सिमा-नाका ईप्रका जमुनाह क्षेत्र / आवत-जावत कडा




[…] […]
[…] […]